Ultimate magazine theme for WordPress.

अर्घाखाँची चेम्वरद्वारा नवनियुक्त उर्जामन्त्री रायमाझीलाई सम्मान, जिल्लावासीको सपना मर्न नदिने रायमाझीको प्रतिवद्धता

172

पहिलो अपडेट पौष २३, अर्घाखाँची

अर्घाखाँची चेम्वर अफ कमर्सले नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोप बहादुर रायमाझीलाई सम्मान गरेको छ ।

जिल्लावासी अनि समग्र नेपाली जनताको भावना अनुसार अगाडी बढ्न आग्रह गर्दै अर्घाखाँची चेम्वरले रायमाझीलाई सम्मान गरेको हो ।

सम्मान ग्रहण गर्दै रायमाझीले जिल्लावासीको सपना र चाहनालाई मर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

आफु विषप परिस्थितीमा मन्त्रालयको जिम्मेवारीमा पुगेको भन्दै मन्त्री रायमाझीले यही अवस्थामा पनि जिल्लामा अधिकतम काम गर्न आफुले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा अर्घाखाँची चेम्वर अफ कमर्सका अध्यक्ष अशोक कुमार श्रेष्ठले नौमुरे योजनालाई यही कार्यकालमा मूर्त रुप दिन आग्रह गर्नुभएको थियो ।

कार्यक्रम अर्घाखाँची चेम्वर अफ कमर्सका अध्यक्ष अशोक कुमार श्रेष्ठको अध्यक्षता र प्रवक्ता हरिप्रसाद भुसालको संचालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा अध्यक्ष अशोक कुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष महेन्द्र सेजवाल, प्रथम उपाध्यक्ष लिलाधर बस्याल, महासचिव प्रकाश भुसाल, कोषाध्यक्ष राम कुमार श्रेष्ठ सहितका पदाधिकारी तथा सदस्यहरुले रायमाझीलाई खादा ओढाएर सम्मान गर्नुका साथै सम्मानपत्र समेत प्रदान गरेको प्रवक्ता भुसालले जानकारी दिनुभएको छ ।

Comments
Loading...