Ultimate magazine theme for WordPress.

बागमती प्रदेशले बोलायो प्रदेश सभा बैठक

31

बागमती प्रदेशले प्रदेश सभा बैठक आह्वान गरेको छ।

प्रदेश सभाका सदस्यहरूलाई आज सूचना निकालेर प्रदेशले माघ ७ गते बुधबार प्रदेश सभा बैठक बस्ने जानकारी दिएको छ।

प्रदेश सभा सचिव कृष्णहरि खड्काले दिएको जानकारीअनुसार माघ ७ गते अपरान्ह ३ बजे प्रदेश सभाको सातौं अधिवेशन आह्वान भएको हो।

बैठक प्रदेश सभा भवन मकवानपुर हेटौंडामा बस्नेछ।

बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख विप्णुप्रसाद प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभा अधिवेशन आह्वान गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि यसको प्रभाव प्रदेशमा पनि देखिएका बेला प्रदेश सभा बैठक बस्न लागेको छ।

प्रधानमन्त्रीको उक्त कदमपछि नेकपामा ओली र प्रचण्ड-नेपाल गरी भिन्न समूह क्रियाशील छ। यी समूह प्रदेशमा पनि क्रियाशील छन्। मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउन प्रचण्ड-नेपाल पक्षका सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन उनीहरूले खोजेका छन्। तर मुख्यमन्त्री पौडेलले अविश्वास प्रस्ताव सामना गर्ने बताइरहेका छन्।

Comments
Loading...