Ultimate magazine theme for WordPress.

सिरहामा एक युवक मृत फेला

31

सिरहा : एक निजी विद्यालयबाट घर फर्किँदा बाटैबाट हराएका भनिएका एक युवक मृत अवस्थामा फेला परेका छन्। गोलबजार नगरपालिका-१२ बेतौना हरिपुरका १७ वर्षीय आनन्द सिंह बुधबार बिहान करिब १०:३० बजे मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

उनको लास गोलबजार नगरपालिका-६ दोहटिया जानकी इटाभट्टा नजिकै हालसालै उखु रोपेको जग्गामा फेला परेको हो। उनी मंगलबार दिउँसो ३ बजेदेखि हराएका थिए।

प्रहरीका अनुसार मृतक सिंह सृजना बोर्डिङ्ग स्कुलको कक्षा १० मा अध्ययरत थिए। उनी मंगलबार विद्यालयबाट परीक्षा दिएर बाहिरिएका थिए। स्थानीयले लडेको मृत्यु भएको जस्तो देखिएपछि प्रहरीलाई खबर गरेका थिए।

स्कुलबाट फर्किदा हराएको खबर पाएपछि मृतकका बुबा किशोरकुमार सिंहले इलाका प्रहरी कार्यालय गोलबजारमा बिहीबार ९:३० बजेतिर हराएको भनेर निवेदन दिएका थिए। त्यसको केही समयपछि लास फेला परेको छ। प्रहरीका अनुसार मृतकको शरिरमा चोटपटक, निलडाम देखिएको छैन्।

पीडित पक्षको सहमतिमा बुधबार साँझ लहानस्थित राउ स्मारक अस्पतालमा शवलाई पोस्ट्मार्टका लागि ल्याइएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी शरत थापाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments
Loading...