Ultimate magazine theme for WordPress.

५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ३५ वर्षीय पुरुष पक्राउ

65

दैलेख : दैलेखको नारायण नगरपालिका ८ सिमडास्थित ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय रामबहादुर बिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो ।

स्थानीय एक व्यक्तिले उक्त घटनाबारे प्रहरीलाई खबर गरेलगत्तै खटिएको प्रहरी टोलीले बिकलाई पक्राउ गरेको प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताए ।

पक्राउ परेका ती पुरुषलाई दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमती लिई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।

Comments
Loading...