Ultimate magazine theme for WordPress.

वातावरण विभागले भन्यो- घरबाहिर ननिस्कनू, मौसम अझै खराब हुने सम्भावना छ

39

काठमाडौं : वातावरण विभागले बालबालिका, वृद्धवृद्धा, बिरामीलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ। विभागले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मौसम अझै खराब हुने सम्भावना रहेकाले घरबाहिर ननिस्कन आग्रह गरेको हो।

‘बिहान बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको पाइएको छ। यसबाट हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्दछ,’ विज्ञप्तिामा उल्लेख छ, ‘विशेष गरी बालबालिका, वृद्धवृद्धा, दम, खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटका बिरामीहरु बढी प्रभावित हुने भएकाले उहाँलाई सकेसम्म घरबाहिर र सबै नागरिकले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन वातावरण विभाग हार्दिह अपिल गर्दछ।’

विभागले काठमाडौं उपत्यकाबाहेक तराईका शहरहरु नेपालगञ्ज, विराटनगरमा पनि वायु प्रदूषण उच्च रहेकाले त्यस क्षेत्रका नागरिकहरुले पनि विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

Comments
Loading...