Ultimate magazine theme for WordPress.

१७ औं हरिस्मृति दिवस सम्पन्न, शैक्षिक गुणस्तरमा जोड

90

अर्घाखाँची / पौष २१

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले शैक्षिक गुणस्तर बृद्धिको निम्ति सरोकारवाला सचेत हुनुपर्ने बताउनु भएको छ । भगवती माध्यमिक बिद्यालय कुर,शंखेटारी द्वारा आयोजित १७ औं हरि स्मृतिको अबसरमा मन्तव्य राख्दै उहाँले शिक्षा क्षेत्रमा लगानी अनुसारको प्रतिफल आउन नसकेको भन्दै गुणस्तर बृद्धिको निम्ति शिक्षक हरुले बिशेष भुमिका खेल्नु पर्ने बताउनु भयो ।

कर्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिका वडा नं. २ का वडा अध्यक्ष मोतिजङ्ग रायमाझीले शिक्षाको उज्यालो बाट बालबालिका बन्चित हुन नपरोस् भनी आफुहरु सचेत भएको बताउँदै गरिव तथा बिपन्न परिवारका बालवालिका लाई हर किसिमको सहयोग गर्न आफुहरु तत्पर रहेको बताउनुभयो ।

स्वर्गीय हरि खनालका पिता दयाराम खनालको अध्यक्षता र शोभाखर पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्दराज आचार्य,विद्यालयका प्रधानाध्यापक श्यामबहादुर भुसाल ,शिक्षक ध्रुब के.सी.,समाजसेवी तुल्सीराम खनाल लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नगरपालिका स्तरीय आधारभुत तह उत्तीर्ण परिक्षामा सर्बोत्कृट हुने युवाबर्ष जनता रविचित्र माध्यमिक बिद्यालयका छात्रा जेनिसा चौहान,छात्र अर्जुन ताम्राकार ,जिवनोद्वार माध्यमिक बिद्यालय वाङ्लाका छात्र रबि भुसाल लाई नगद,प्रमाणपत्र प्रदान गर्नुका साथै बिद्यालयका उत्कृष्ट छात्र छात्रा एवं हाजिरी जवाफ प्रतियोगितामा बिजयी छात्र छात्राहरु लाई समेत पुरस्कार बितरण गरिएको थियो । भगवती माध्यमिक बिद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्र हरिप्रसाद खनालको २०६१ साल पौष २१ गतेका दिन बालकल्याण समितिको कार्यक्रममा सहभागी भएर घर फर्कदै गर्दा नरपानिमा भएको सवारी दुर्घटनामा परि निधन भएको थियो ।

बहुप्रतिभासालि छात्र स्वर्गीय खनाल जिल्लाका जेहेन्दार बिद्यार्थी थिए । जिल्ला बालकल्याण समिति र भगवती माध्यमिक बिद्यालयले प्रत्येक बर्ष पौष २१ गते हरि स्मृति दिवस मनाउँदै आएका छन् ।

Comments
Loading...