पहिलो अपडेट / पौष २१, अर्घाखाँची
हिजो बिहान सन्धिखर्कबाट एकाएक हराएकी १७ वर्षिया किशोरी रिया कुमाल परीवारको सम्पर्कमा आएकी छन् ।
जागिर लगाइदिन्छु भन्ने अज्ञात महिला सहित उनलाई ठाडाबाट फेला पार्न सकिएको परिवारले जनाएको छ ।
परिवारलाई ती महिलाले भारतमा जागिरको लागि रियालाई लगेको बताएकी छिन् ।
उक्त महिला हाल प्रहरीको सम्पर्कमा रहेको र घटनाको बास्तविकता बुझ्ने काम भैरहेको जनाइएको छ ।