Ultimate magazine theme for WordPress.

मनछुने भनाईहरु

267

१. कतिपय मान्छेहरु आफ्नो घमण्डको कारण चोखो माया गुमाउन पुग्दछन । २. लुकाएर बस्नेलाइ थाहा हुन्छ कि कति पिडा हुन्छ, मान्छेहरु त वस् उसको झुठो हासो देखने गर्दछन । ३. सक्छौ आफै प्रगति गर सक्दैनौ अरुको प्रगतिमा इष्या नगर । ४. मेरो बानि यही नराम्रो छ, म मान्छेहरुलाई छिटै नि भरोसा र विश्वास गर्न पुग्छु ।

५. जसको मन सफा हुन्छ, प्राय उसैको भाग्य खराब हुन्छ । ६. रिसाएको भए पो फकाउन सक्दथे, बदलिएका थियौ तिमि मैले के नै पो गर्न सक्थे र । ७. इज्जत गर्न सिक बहिनिको के फरक पर्छ र तिम्रो होस् वा अरुको । ८. बोल्नुबहाना पहिले शब्द हाम्रो वस् मा हुन्छ तर बोलिसके पछी हामी शब्दको वस् मा हुन्छौ, यसैले सोचेर-बुझेर मात्र बोल्ने गरौ ।

९. मायामा धोका यसकारण दिन्छन, किनकि उनीहरुमा साचो मायालाई चिन्ने औकात हुदैन । १०. बुहारीलाइ छोरी भनेर बोलाउनुहोस्, किनकि उ पनि हास्न चाहन्छे । ११. बरु कसैले साचो मनले घृणा गरोस तर झुटो मनले माया कहिल्यै नगरोस । १२. समय र परिस्थिले मान्छेलाई परिवर्तन गराउने, न हिटलर जन्मजात हिटलर थियो न रावणनै जन्मजात रावण थियो ।

१३. माया र मजाक हरकोहि सँग गरिदैन । १४. पढेको मान्छेले भन्दा पनि जिन्दगीसँग लडेको मान्छेले धेरै कुरा सिकेको हुन्छन र सिकाउछन पनि । १५. मनबाट सम्झने त धेरै कम हुन्छन, ज्यादा त आवश्यकता र काममा मात्र सम्झने गर्दछन । १६. त्यो सम्बन्ध कहिल्यै कमजोर हुदैन जहाँ एक अर्काको कदर इज्जत र विश्वास गरिन्छ ।

१७. मित्रताको रुपान्तरण नै सत्रुता हो, विना मित्र त्यहाँ सत्रुको जन्म हुदैन । १८. छोडिदिए मैले त्यस्ता मान्छेहरुको अघि झुक्न जसलाई मेरो कहिल्यै कुनै कदर नै थिएन । १९. भाग्यको ढोका र विहानको निद्रा समयमै खुल्न बडो कठिन हुन्छ । २०. भाग्यमानी त्यो होइन जसलाई सधै राम्रो कुरा मात्र मिल्छ, बरु भाग्यमानी त्यो हो जसले जे पायो त्यसलाई सदैव राम्रो बनाउछ ।

Comments
Loading...