Ultimate magazine theme for WordPress.

सन्धिखर्कबाट १७ वर्षिया किशोरी वेपत्ता, खोजि गरिदिन परिवारको अपिल

1,427

पहिलो अपडेट / पौष १९, अर्घाखाँची

अर्घाखाँची जिल्ला सदरमुकाम सन्खिर्कबाट एक किशोरी वेपत्ता भएकी छन् ।

सन्धिखर्क नगरपालिका वडा नं. १ पाणिनीचोक घर भएकी १७ वर्षिया किशोरी आज विहानबाट बेपत्ता भएको परिवारले जनाएको छ ।

बिहान घरबाट कसैलाई केही नभनी बालिका हिडेपछि “म जव गर्न जान्छु, मेरो खोजी नगर्नु” लेखेको कापीमा भेटिएको परिवारले जानकारी दिएका छन् ।

एकजना दिदि लिन आउनुभएको थियो, म बुटवल आइपुगें भनेर बालिकाले दिउसो फोन गरेको र फोन गर्नासाथ मोवाईल अफ भएको बालिकाका बुवा अशोक कुमालले पहिलो अपडेट डटकमलाई जानकारी दिनुभयो ।

जनज्योती माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने बालिका एकाएक हराएपछि परिवार मर्माहत भएको छ ।

हराएकी छोरीको खोजीमा सहयोग गर्न परिवारले सवैसंग आग्रह गरेका छन् ।

बालिका बेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालयमा खोजी गरिदिन आग्रह गरीएको बालिकाकी माइजु सुमित्रा कुमालले जानकारी दिनुभयो ।

Comments
Loading...