पहिलो अपडेट / पौष १९, अर्घाखाँची
उर्जामन्त्री टोप बहादुर रायमाझीले ताजा जनादेशको लागि चुनावमा जान डराएर संसद पुनसर््थापनाको माग गर्नु प्रतिगामी सोँच भएको बताएका छन् ।
प्रेस संगठन नेपाल जिल्ला समिति अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रायमाझीले आफ्नै पार्टीका प्रधनमन्त्रीलाई अपदस्त गरी देशलाई अस्थिरता तिर धकेल्ने प्रयास विफल पारिएको दावी समेत गरेका थिए ।
पार्टीले बहुमत र अल्पमतको कल्पना समेत नगरेको अवस्थामा बहुमतको धङधङी देखाउदै अस्थिरता कायम गराउनेहरुको षडयन्त्र चिर्न संसद विघटन गर्नुपरेको समेत स्पष्ट पारेका छन् ।
शनिवार नेकपा अर्घाखाँचीले आयोजना गरेको जिल्ला कमिटीको बैठकमा सहभागी बन्न नेता रायमाझी अर्घाखाँची आएका थिए ।
हेर्नुहोस भिडियो सहित