Ultimate magazine theme for WordPress.

बिग बास : सन्दीपले पहिलो खेलमै लिए दुई विकेट

108

एजेन्सी । नेपाली क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास टि–२० क्रिकेट लिगमा होबार्ट ह्यारिकेन्सबाट मेलबर्न स्टार्सविरुद्ध राम्रो प्रर्दशन गरेका छन् ।

पूर्वटोली समेत रहेको मेलबर्नविरुद्ध सन्दीपले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । सन्दीपलाई होबार्टले छैटौं ओभरमा बलिङमा ल्याएको थियो । पहिलोे बलमा हिल्टन कार्टराइटलाई सन्दीपले एक रन दिँदै सुरुवात गरेका थिए । दोस्रो बलमा ग्लेन म्याक्सवेलले सन्दीपविरुद्ध चौका प्रहार गरेका थिए । यसअघिका दुई संस्करण सन्दीपले म्याक्सवेलकै कप्तानीमा खेलेका थिए ।

सन्दीपले तेस्रो बलमा एक रन दिए भने चौथो बलमा कार्टराइटलाई गुग्ली बलमा बोल्ड आउट गर्दै पहिलो विकेट लिएका थिए । समग्रमा सन्दीपले आफ्नो पहिलो ओभरमा ११ रन खर्चेर १ विकेट लिए ।

सन्दीपको आठौं ओभरको सुरुवाती तीन बलमा म्याक्सवेलले रन जोड्न सकेनन् । चौथो र पाँचौ बलमा सन्दीपले एक–एक रन खर्चिए । तर छैटौं बलमा सन्दीपलाई म्याक्सवेलले लङअफमा छक्का प्रहार गरेका थिए ।

१२ औं ओभरमा सन्दीप आफ्नो ब्यक्तिगत तेस्रो ओभर लिएर आएका थिए । पहिलो बल म्याक्सवेललाई एक रन दिँदा दोस्रो बल पुरनलाई डट राखे । तर तेस्रो बलमा पुरनले डीप एक्स्ट्रा कभरमा छक्का प्रहार गरेका थिए । चौथो र पाँचौ बलमा एक–एक रन खर्चिदा अन्तिम बल डट राखेका थिए ।

१५ औं ओभरको पहिलो बलमा साम रैनबिडलाई डट राखे । त्यसपछि लगातार दुई वाइड फालेका थिए । दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा बेन डंकलाई विकेटकिपर बेन म्याकडरमोटबाट २ रनमा क्याच आउट गराउँदै दोस्रो सफलता हात पारे । चौथो बलमा एक, पाँचौमा तीन रन र चौका खर्चिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको होबार्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । होबार्टका ५६ बलमा ७ चौका र ३ छक्का सहित ७५ रन बनाए । बेन म्याकडरमोट ३१, कोलिन इनग्राम २६ र डार्सी सट १२ रनमा आउट भए । स्टार्सका बिली स्टानलेकले सर्वाधिक ३ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको मेलबर्नले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रन मात्र बनाएको थियो । खेल होबार्टले २१ रनले जितेको छ ।

Comments
Loading...