पहिलो अपडेट पौष १८, अर्घाखाँची
केपी ओली पक्षिय नेताहरुले नेकपा अर्घाखाँचीको बैठकको तयारी भैरहेको बताइरहेका बेला नेकपा अर्घाखाँचीका सचिव ठाकुर कुमार वि.क.ले अर्घाखाँचीमा आज नेकपाको कुनै औपचारिक कार्यक्रम नरहेको बताउनुभएको छ ।
ओलीको पक्षमा रहनुभएका अध्यक्ष आचार्यले नेकपा अर्घाखाँचीको पूर्ण बैठक आह्वान गर्नुभएको अवस्थामा प्रचण्ड माधव पक्षमा रहेका सचिव वि.क.ले आज कुनैपनि बैठक नरहेको भन्दै भ्रममा नपर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको हो ।
आज हुने बैठकमा सहभागी बन्न नेकपा नेता तथा उर्जा मन्त्री टोप बहादुर रायमाझी आज अर्घाखाँची आउदै हुनुहुन्छ । यस अघि नै प्रचण्ड मात्रव पक्षिय नेकपाले अर्घाखाँचीमा कार्यकर्ता भेला सहितका कार्यक्रमहरु गरिसकेको छ ।