Ultimate magazine theme for WordPress.

ओली पक्षिय नेकपाको वैठक सन्धिखर्कमा बस्दै, नेता रायमाझी सन्धिखर्क आउदै

173

पहिलो अपडेट / पौष १८, अर्घाखाँची

केपी शर्मा वली पक्षिय नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटी अर्घाखाँचीको पुर्ण बैठक आज बस्दै छ ।

जिल्ला पार्टी कार्यालय सन्धिखर्कमा बस्ने बैठकलाई पार्टी स्थायी कमिटीका सदस्य तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले सम्बोधन गर्ने जनाईएको छ । बिहान ११ बजे देखि सुरु हुने बैठकको तयारी पूरा भएको जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो ।

ओली पक्षमा लागेका नेता रायमाझी पार्टी विभाजनपछि पहिलोपटक आज सन्धिखर्क आउन लाग्नुभएको हो । नेकपाबाट निर्वाचित भई अर्घाखाँची जिल्लाबाट प्रतिनिधीसभा तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने माननियहरुले ओली पक्षलाई साथ दिएका छन् ।

Comments
Loading...