Ultimate magazine theme for WordPress.

वडामै खाता खोल्ने र योजना सम्झौता गर्न पाउदा वडाबासी हर्षित

142

पहिलो अपडेट / माधव बेल्वासे ,अर्घाखाँची १६

पाणिनी गाउँलालिकाका उपभोक्ता समिती मार्फत गरिने चालु आर्थिक बर्षका योजनाहरुको सम्झौता वडा कार्यालय बाटै गर्न पाए पछी स्थानीय जनता खुशी भएका छन ।

झन्झटिलो प्रक्रिया र गाउँपालिका सम्म जादा खर्च समय बढी लाग्दा अफ्ट्यारो महसुस गर्न नपरोस भन्दै गाउँ पालिकाले वडा वडामा योजना सम्झौता गर्न थालेको हो ।
यसै क्रममा हिजो पाणिनी गाउँपालिकाको वडा न. ७ अड्गुरिका योजनाको सम्झौता गरिएको छ ।वडा अध्यक्ष गुनाखर अधिकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँ पालिका अध्यक्ष अच्युत गौतम प्रमुख अतिथी रहनु भएको थियो ।

उपभोत्ता समितिलाई कार्यदेस हस्तान्तरण गर्दै अध्यक्ष गौतमले जनतालाइ सहजता होस भनी पालिका धाउनु पर्ने बाध्यता हटाइएको बताउनु भएको थियो । समयमै काम सम्पन्न गरि उत्तरदायित्व निर्भाह गर्न उपभोक्ता समितिलाई अनुरोध गर्दै छिटो काम सक्ने योजनाको रकम निकासा समेत छिटो हुने समेत अध्यक्ष गौतमले बताउनु भएको थियो ।


पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेले जनतालाइ सहज हुने गरि गाउँ गाउँमै पुगेर योजना सम्झौता गर्नु उदाहरणिय कार्य भएको भन्दै यसलाई सफल बनाउन आफुहरु खटेको बताउनु भएको थियो।यस्तै वडा अध्यक्ष गुनाखर अधिकारीले गतबर्ष जस्तै यस बर्ष पनि वडामा नै खाता खोल्न बैंक सङ्ग अनुरोध गरेको र उहाँहरुको र पालिकाको सहयोगले वडा बासी झन्झटमुत्त भएको र आगामी दिनमा पनि सेवा प्रबाहमा सकेसम्म जनमुखी हुने धारणा राख्नु भएको थियो ।


कार्यक्रमको संचालन पाणिनी गाउँ पालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेले गर्नुभएको थियो । वडा न.७ मा छनोट भएका ३० भन्दा धेरै योजनाको सम्झौता गरि आजैका मितिले कार्यादेस दिने योजना रहेको वडा कार्यालयले जानाकारी दिएको छ ।

Comments
Loading...