Ultimate magazine theme for WordPress.

नेता आचार्यको उद्घोष : प्रतिगमनका विरुद्ध हतियार उठाउन तयार छौं

687

पहिलो अपडेट / पौष १४, अर्घाखाँची

नेकपाका नेता डिलाराम अचार्यले प्रतिगमन सच्याएरै छाड्ने उद्घोष गरेका छन् ।

प्रचण्ड माधव पक्षिय नेकपाले आज सन्धिखर्कमा गरेको कोणसभामा बोल्दै नेता आचार्यले प्रतिगमन सच्याउनका लागि हतियार बोक्न पनि तयार रहेको उद्घोष गरेका हुन् ।

नेपाली जनताको लामो समयदेखीको बलिदानीबाट प्राप्त उपलव्धी खोस्ने प्रयास गरिएको भन्दै नेता आचार्यले गणतन्त्र मास्ने षडयन्त्रलाई कुनैपनि हालतमा तोड्ने दावी गरेका हुन् ।

कोणसभापूर्व नेकपा नेता कार्यकर्ताहरुले सन्धिखर्कमा मसाल जुलुस प्रदर्शन गरेका थिए । बजारका विभिन्न भागको परिक्रमा गरी शान्ती बंगैचामा पुगेर कोणसभामा परिवर्तन भएको कार्यक्रमको संचालन युवानेता नारायण खनालले गरेका थिए ।

Comments
Loading...