Ultimate magazine theme for WordPress.

प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छ : रायमाझी

240

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केपी शर्मा ओली पक्षधर नेता टोपबहादुर रायमाझीले आफ्नै पार्टीबाट बारम्बार असहयोग भएपछि र अविश्वासको प्रस्ताव दर्ता गराएपछि बाध्य भएर संसद विघटन गरेर नयाँ जनादेशको लागि चुनावमा जाने घोषणा गर्दै मिति तोकेको स्पष्ट पारेका छन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता रायमाझीले यस्तो बताएका हुन् ।

उनले सरकारलाई बरु प्रमुख प्रतिपक्षी दलबाट समेत असहयोग नभएको अवस्थामा नेकपाकै केही साथीहरुले हातखुट्टा बाँध्ने काम गरेको गम्भीर आरोप लगाए । उनले भने–‘हाम्रो पार्टीमा चर्को विवाद सिर्जना भयो । मुख्यगरि प्रधानमन्त्री ओलीलाई काम गर्ने वातावरण भएन् । हातखुट्टा बाँध्ने काम भयो । उहाँलाई काम गर्न नदिने स्थिति भयो । प्रचण्डबाट अविश्वासको प्रस्ताव ३० गते ल्याईयो, प्रतिपक्षीले त्योसम्मको हर्कत बरु भएन् । सरकार पक्षबाटै नेताहरुबाट, विशेष अधिवेशनमार्फत अविश्वासको प्रस्ताव अघि बढाएपछि, एकातिर काम गरेन भन्ने अर्कोतिर अविशसको प्रस्तावमा जाने कुरा भयो । यो गलत काम भएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो । यो उहाँको बाध्यात्मक कदम हो ।’

Comments
Loading...