Ultimate magazine theme for WordPress.

प्रचण्ड समूहमा रहेका भनिएका चौहानको प्रष्टिकरण : म कुनै समूहमा छैन

876

पहिलो अपडेट / पौष ८, अर्घाखाँची

नेकपाको विभाजनको संघारमा पुगेका बेला नेकपा अर्घाखाँचीका प्रभावशाली नेता राम बहादुर चौहानले आफु पार्टी विभाजनको पक्षमा नरहेको प्रष्ट पारेका छन् ।

केपी शर्मा ओली र प्रचण्ड नेपाल पक्षको रुपमा अर्घाखाँचीमा विभिन्न नेताहरुको नाम सार्वजनिक भैरहेका बेला नेता चौहानले आफु हालसम्म कुनैपनि पक्षमा नरहेको प्रष्ट पारेका छन् ।

राम बहादुर चौहानको नाम प्रचण्ड नेपाल गुटमा रहेको भनी प्रचार भैरहेको बेला पहिलो अपडेट डटकमसंग कुरा गर्दै नेता चौहानले आफु कुनै समूहमा नरहेको बरु शुभचिन्तकहरुसंग परामर्शमा रहेको बताएका हुन ।

आम शुभचिन्तकहरुको राय र सुझाव अनुसार नै आफु अगाडी बढ्ने प्रष्ट पार्दै नेता चौहानले अनावस्यक भ्रममा नपर्न सवैलाई आग्रह समेत गरेका छन् ।

Comments
Loading...