पहिलो अपडेट / मंसिर १, अर्घाखाँची
नेकपामा जारी विवाद नयाँ मोडमा प्रवेश गरेको छ ।
पार्टीका दुई अध्यक्षविच असमझदारी बढरिहेका कारण अनेक अड्कलवाजी भैरहेका बेला आज नयाँ ट्विष्ट सार्वजनिक भएको छ ।
घनश्याम भुसाल, शंकर पोख्रेल, सुभाष नेम्वाङ लगायतका दोस्रो तहका नेताहरुको सक्रियतामा आज भएको ओली र प्रचण्डको छलफल पछि नेकपा विवाद नयाँ शिरामा प्रवेश गरेका हो ।
दुई अध्यक्षविच आज चार बुँदे सहमती भएको स्रोतले दावी गरेको छ । स्रोतका अनुसार दुई अध्यक्षविच सहमती भएपछि स्थाई समितिको बैठक शुरु भएको हो ।
यस्ता छन् ओली र प्रचण्डविच सहमतीका बुँदा
-प्रचण्डको ‘अभियोग पत्र’मा छलफल नचल्ने,
-संवैधानिक परिषद सबन्धी अध्यादेश फिर्ता हुने,
-संसदको बिशेष अधिवेसन बोलाउने हस्ताक्षर क्याम्पिएन स्थगित हुने,
– आगमी बैठकमा ओली–प्रचण्डको संयुक्त प्रस्ताव जाने