Ultimate magazine theme for WordPress.

नगरप्रमुखको भत्ताबाट विद्यालयमा अक्षेयकोष, सल्युट मेयर साप

1,105

पहिलो अपडेट / मंसिर २४, अर्घाखाँची

सादगी अनि सरल जनप्रतिनिधीको रुपमा आफ्नो बेग्लै पहिचान बनाएका अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले फेरी प्रशंसायोग्य काम गरेका छन् ।

नगरप्रमुख थापाले आफुले पाउने भत्ताबाट आफ्नो सेवाक्षेत्रभित्र रहेको एक विद्यालयमा अक्षेयकोष स्थापना गरेका हुन् ।
थापाले भूमिकास्थान नगरपालिका वडा नं. ४ धारापानी सानाऔवलमा रहेको विरेन्द्र आधारभूत विद्यालयमा आफ्ना दिवंगत हजुरवुवा तथा हजुरआमाको नाममा १९ हजार ९ सय ९९ को अक्षेयकोष स्थापना गरेका हुन् ।

विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कृष्ण सुनार र सपरिवारले आफ्ना दिवंगत बुवा तथा आमाको स्मृतीमा १ लाख १० हजार ३ सय ३ रुपियाँको अक्षेयकोष घोषणाको लागि आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी रहेका नगरप्रमख थापाले आफ्नो तर्फबाट पनि उक्त घोषणा गरेका हुन् ।

थापाले धारापानी सानाऔवल माईती रहेकी आफ्नी हजुरआमा तिलकला थापा क्षेत्री र हजुरवुवा जुद्धविर थापाको स्मृतीमा अक्षेयकोष घोषणा गरेका हुन् ।

Comments
Loading...