Ultimate magazine theme for WordPress.

घोषणा सभामा मिश्रले भने : फुटेका वा जुटेका होइनौं गल्ती सच्याएका हौं ।

171

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सामाजिक संजालमा आएजस्तो कहिले फुट्ने कहिले जुट्ने प्रकृतीको एकता नभई आफुहरुले विगतको गल्ती सच्याएको बताएका छन् ।
कहिले फुट्ने, कहिले जुट्ने भन्ने खालले सामाजिक संजालमा उठेका प्रश्नको जवाफ दिने क्रममा मिश्रले विगतमा आफुहरुले गरेको कमजोरी सच्याएको प्रष्ट पारेका हुन् ।
सुसंस्कृत र समुन्नत नेपाल निर्माणको लागि पार्टी कत्तिपनि विचलित नभई लाग्ने मिश्रले प्रतिवद्धता व्यक्त गरेका थिए ।
भर्चुअल माध्यमबाट संचालन गरेको पार्टी एकता घोषणा कार्यक्रममा पार्टीका संयोजक मिलन पाण्डेले वास्तविक परिवर्तनको लागि आम जनता गोलवन्द हुनुपर्नेमा जोड दिएका थिए ।
घोषणा सभा पार्टीकी नेतृ रन्जु दर्शनाको संचालनमा सम्पन्न भएको हो ।

Comments
Loading...