Ultimate magazine theme for WordPress.

अर्घाखाँचीको धारापानीका ४० वर्षीय कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु

1,253

बुटवल । कोरोना संक्रमणबाट अर्घाखाँचीका एक पुरुषको बुटवलमा मृत्यु भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका साबिक धारापानी गाविसका ४० वर्षीय पुरुषको मंगलबार राती मृत्यु भएको हो ।

ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि मंसिर १७ गते अस्पतालमा भर्ना हुन् आएका ती पुरुषको सोही दिन नै गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Comments
Loading...