Ultimate magazine theme for WordPress.

राजतन्त्रको गोबर नखाउँ : डा. भट्टराई

160

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान’ आग्रह गरेका छन्।

​विद्युतीय सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘अहिलेको आधा गिलास उपलब्धिलाई जोगाएर बाँकी गिलास भरौं; न कि रिसको झोंकमा आधा भरिएको गिलास घोप्ट्याएर पूरै गिलास खाली होस् !’

अगाडिको स्यालसँग लड्दा पछाडि झ्याङमा लुकेको ब्वाँसो नबिर्सन र दुबैसँग लडेर अघि जाने साहस गर्न पनि उनले आग्रह गरेका छन्।

युवासंग आग्रह-गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ!अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाॅकीगिलास भरौं;नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस्!अगाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वाॅसो नबिर्सौं!दुबैसॅग लडेर अघिजाने साहस गरौं!

Comments
Loading...