पहिलो अपडेट / मंसिर १२, अर्घाखाँची
इतिहाँसमा पहिलोपटक नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी अर्घाखाँचीको काँधमा आएको छ ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १ स्थाई घर भएका एसएसपी बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्राप्त गरेका हुन् ।
२०५१ को चैत्रबाट इन्क्सपेक्टर पदबाट नेपाल प्रहरीको सेवा शुरु गरेका कुँवर प्रहरीको उच्च जिम्मेवारी प्राप्त गर्ने पहिलो अर्घाखाँचीवासी हुन् ।
नेपाल प्रहरीमा २५ वर्ष सेवा अवधी पुरा गरेका कुँवर सन्धिखर्क नगरपालिका वडा नं. १ तुम्कोटका स्थायी बासिन्दा हुन् ।
नेपाल प्रहरीको उच्च जिम्मेवारी जिल्लावासीको काँधमा आएपछि अर्घाखाँची जिल्लावासी उत्साहित भएका छन् । पहिलो अपडेट डटकमसंग कुरा गर्दै एसएसपी कुँवरले तोकिएको जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।