नेकपाका नेता जनार्दन शर्मा प्रभाकरले कोरोनालाई परास्त गरेका छन् ।
कोरोना संक्रमण भई आइसोलेसनमा रहेको शर्माले चिकित्सकको सल्लाह अनुसार आजबाट पूर्ण निको भएको र नियमित काममा लाग्ने प्रतिवद्धता जनाएका हुन् ।
पार्टी एकता गम्भिर मोडमा पुगिरहेका बेला शर्माले यो कार्यभार पुरा गर्नका लागि सक्रिय बन्ने प्रतिवद्धता जनाएका हुन् ।
चिकित्सकको सल्लाह अनुसार आजबाट आपना नियमित कार्यमा पुर्ण रुपले लाग्ने छु । सामाजिक सन्जालमा शर्माले लेखेका छन् सर्वप्रथम पार्टी एकतामा पैदा भएको संकट समाधान विचार,बिधि,पद्धति र संस्थागत प्रणालीलाई स्थापित गर्न बहसका विच बाट निष्कर्ष निकाल्दै संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा नै अहिलेको मुख्य एजेन्डा हो ।।