Ultimate magazine theme for WordPress.

नेकपाबाट निर्वाचित अर्घाखाँचीका एक वडाअध्यक्ष जुवाखालबाट समातिए

1,565

पहिलो अपडेट / मंसिर ८, अर्घाखाँची

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुकेश आले सहितका जुवाडेहरु जुवाखालबाट समातिएका छन् ।

नेकपाको तर्फबाट निर्वाचित वडा अध्यक्ष सहितका ७ जना जुवाडेहरु देउखुरी लालमटियाबाट करीव १ लाख ५० हजार नगद सििहत समातिएका हुन् ।

प्रहरी नियन्त्रणमा पर्नेहरुमा आले सहित प्युठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं ३ का ५० वर्षिया चुमानसिंह सुनार, सोही ठाउँका ३५ वर्षिया अल्ली शाह, वडा नम्बर १ का २४ वर्षिया एडिस मिंया, सोही वडाका ४० वर्षिया अक्कबर हुसेन मिंया, वडा नम्बर ३ का ४४ वर्षिया कृष्णबहादुर राना र दाङ जिल्ला राप्ती गाउँपालिका वडा नं। २ का २१ वर्षिया यमबहादुर राना रहेको प्रवक्ता खड्काले जानकारी दिएका छन् ।

पक्राउ परेका जुवाडेहरुको साथबाट बिभिन्न दरका नेपाली नोट गरी १ लाख ४६ हजार र जुवा खेल्न प्रयोग भएको १० थान तास गड्डि, १ थान गलैचा बरामद गरी निजहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रवक्ता खड्काले जानकारी दिएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका आले तत्कालिन माओवादी केन्द्रको तर्फबाट स्थानीय निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

Comments
Loading...