Ultimate magazine theme for WordPress.

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, एकको मृत्यु एकको अवस्था गम्भिर

107

काठमाडौं । पोखरामा प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन ।

दुर्घटनामा परी ३८ वर्षीय प्यारापाइलट राजु नेपालीको मृत्यु भएको हो । काठमाडौंकी शिला श्रेष्ठ भने घाइते भएकी छिन् ।

सराङकोटबाट दिउँसो टेन्डम उडान भरेको फिस्टेल प्याराग्लाइडिङको प्यारा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते शिलालाई उपचारार्थ मेट्रोसिटी अस्पताल भर्ना गरिएको र उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

Comments
Loading...