७ मंसिर, काठमाडौं । अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवाको कार दुर्घटनामा मृत्यु भएको छ ।
अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार गएराति कार दुर्घटनामा परी गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका २३ वर्षका सुरेश श्रेष्ठको मृत्यु भएको हो ।
प्राप्त समाचार अनुसार दुर्घटनामा परी टाउको र शरीरको भित्री भागमा चोट लागेका उनको अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
समाचारमा उल्लेख गरिएअनुसार उनी चढेको कार अवैध पार्किङ गरिएको मालवाहक ट्रकमा ठोक्किएको थियो । दुर्घटनापछि करिब २५ मिनेट कारभित्रै थुनिएका उनलाई एम्बुलेन्सबाट सेन्ट म्यारिज रिजनल मेडिकल सेन्टरमा लगिएको थियो ।