Ultimate magazine theme for WordPress.

बलात्कारका घटना मिलापत्र गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार जरिवाना हुने

32

बलात्कारका घटनामा मिलापत्र गराउनेहरूलाई समेत कारबाही गर्ने गरी सरकारले अध्यादेश ल्याएको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले राष्ट्रपति समक्ष सो अध्यादेश सिफारिस गरेको एक मन्त्रीले बताए । मन्त्रिपरिषदबाट पास भएपछि राष्टपतिबाट आजै अध्यादेश जारी गर्ने तयारी रहेको बुझिएको छ ।

सरकारले यो अध्यादेश ल्याएसँगै बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिहरूलाई कारबाही गर्न कानुनी बाटो खुलेको छ ।

यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई समेत जरिवाना हुने व्यवस्था छ ।

स्रोतका अनुसार त्यस्ता व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवान हुनेछ ।

Comments
Loading...