मंसिर ७, काठमाण्डौ
नेकपा भित्रको आन्तरीक विवाद चुलिएका वेला नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा वलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवासंग गोप्य भेटघाट गरेका छन् ।
संवैधानिक निकायमा नियुक्ती लगायतका विविध विषयमा छलफल गर्नुपर्ने भन्दै बालुवाटार बोलाइएका देउवासंग ओलीले आफुलाई सहयोग गर्न आग्रह गरेको बुझिएको छ ।
आफ्ना केही विस्वासपत्र सहित हिजो दिउसो बालुवाटार पुगेका देउवा र ओलीले सामुहिक एवं एक्लाएक्लै भेटेको विशेष सुत्रले बताएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले देउवासंग सत्ता साझेदारीको प्रस्ताव गरेको स्रोतले उल्लेख गरेको छ । यद्यपी यो भेटघाटलाई दुवै पक्षले गोप्य राखेका छन् ।