Ultimate magazine theme for WordPress.

केही दिनमै अर्घाखाँचीमा आइसियु र भेन्टिलेटर : पौडेल

232

अर्घाखाँची । प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पौडेलले जिल्लामै स्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने गरी काम भईरहेको बताएका छन् ।

अब केही समयमै स्तरिय भेन्टिलेटर र आईसियु सहितको सेवा प्रदान गर्नेगरी काम अगाडी बढाएको उनले बताए । सन्धिखर्कका एक जना ३२ वर्षिय र ३८ वर्षिय पुरुषको ज्यान गएपछी सामाजिक संजालमा व्यापक प्रश्न उठाईएका बेला प्रजिअ पौडेलले आवश्यक तयारी गरिरहेको बताएका हुन् ।

कोरोना संक्रमणको अवस्था सामान्य रहेकाले आत्तिनु पर्ने अवस्था नरहेको तर सावधानी अपनाउनु पर्ने प्रजिअ पौडेलले बताए । अनिवार्य मास्कको प्रयोग गर्न र सुरक्षाका साधन अपनाउन उनको सुझाव छ ।

जिल्लाका पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले सुसाशनको विषयमा आफु गम्भिर रहेको बताए ।

अर्घाखाँचीमा स्तरिय भेन्टिलेटर र आईसियु नहुँदा कोरोना संक्रमण लागेका बिरामी बाहिरी जिल्ला पठाउन पर्ने बाध्यता छ । बिरामीले उपचार नपाउने अवस्था आएको भन्दै स्थानियहरुले विरोध गरिरहेका छन् ।

Comments
Loading...