धनगढीः धनगढीमा संवैधानिक राजतन्त्र पुनःबाहालीको माग गर्दै प्रर्दशन गरिएको छ ।
स्वतन्त्र देश भक्त नागरिक सुदूरपश्चिमको आयोजनामा धनगढीमा मोटरसाइकल ¥याली सहित राजतन्त्र पुनःबाहालीको माग गर्दै प्रर्दशन सुरु भएको छ ।
धनगढीबाट सुरु भएको ¥याली निर्माणाधिन ६ लेन सडक हुँदै अत्तरियामा सम्पन्न हुनेछ । ¥यालीमा सहभागीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका छन् ।
¥यालीमा राजसंस्था पुनःबाहालीका पक्षधरहरुको उल्लेख्य सहभागिता रहेको छ ।