Ultimate magazine theme for WordPress.

जन्मदिनको खर्च कटौती गरी मृगौला पिडितलाई सहयोग

79

पहिलो अपडेट / कार्तिक ४, अर्घाखाँची

युवा व्यवसायी हरिप्रसाद भुसालले जन्मदिनको खर्च कटौती गरी मृगौला पिडितलाई सहयोगको घोषणा गरेका छन् ।

सन्धिखर्कमा रही विभिन्न व्यवसायमा आवद्ध भुसालले दुवै मृगौलाले काम गर्न छोडेपछि उपचाररत भूमिकास्थान नगरपालिका वडा नं. १० निवासी सन्तोष गैरेको लागि आर्थिक सहयोगको घोषणा गरेका हुन् ।

२०७७ सालको लक्ष्मीपूजाको दिन ३३ वर्षमा प्रवेश गरेको अवसरमा भुसालले सन्तोष गैरे बचाउ अभियान मार्फत ३३३३ सहयोगको घोषणा गरेका हुन् ।

अर्घाखाँची चेम्वर अफ कमर्सको प्रवक्ता समेत रहेका भुसाल विभिन्न सामाजिक संघसंस्थामा सक्रिय छन् । भुसाल नयाँ एफ.एम. ८७ दशमलव ६ मेगाहर्ज तथा पहिलो अपडेट डटकमका प्रमुख समेत हुन् ।

आर्थिक अवस्था न्युन भएका सन्तोषले दुवै मृगौला फेल भएपछि गत चैत्रदेखि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा डायलोसि गराउँदै गराउदै आएका छन् । गैरेको जीवनरक्षाको लागि स्थानीय समाजसेवी तिलकराम भट्टराइको संयोजकत्वमा सन्तोष गैरे बचाउ अभियान आर्थिक व्यवस्थापनमा सक्रिय बनेको छ । देश विदेशमा रहेका सहयोगदाताहरुलाई सहयोगको लागि अभियानले अपिल समेत गरेको छ ।

Comments
Loading...