पहिलाे अपडेट/मंसिर ३, अर्घाखाँची
काेराेनाका कारण अर्घाखाँचीमा थप एकजनाकाे ज्यान गएकाे छ ।
शितगंगा नगरपालिका वडा नं २ घर भई सन्धिखर्क नगरपालिका वडा नं १ मेनराेडमा ईलेक्ट्रिक व्यवसाय गर्दै अाएका ३६ बर्षिय प्रेम विसिकाे उपचारकाे क्रममा अाज ज्यान गएकाे हाे ।
कार्तिक २४ गते स्वाव संकलन गरि २५ गते काेराेना संक्रमण पुष्टि भएका बिसीकाे उपचारकाे क्रममा अाज बिहान भैरहवा मेडिकल कलेजमा ज्यान गएकाे हाे ।
२९ गते भैरहवा मेडिकल कलेजमा भर्ना भएका बिसीलाई अाज बिहान १०:५७ मा चिकित्सकले मृत घाेषणा गरेकाे अस्पतालका पेसेन्ट काेर्डिनेटर टेक कुमार केसीले पहिलाे अपडेट डटकमलाइ जानकारी दिए ।