Ultimate magazine theme for WordPress.

सजिलै फुट्दैन नेकपा

85

– हरिप्रसाद भुसाल

सहमतीमा पार्टी फुटाउने प्रस्ताव प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्षले अगाडि सारेको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गरेपछि नेपालको राजनीति तरंगित मात्र भएको छैन, तलदेखि माथिसम्म कित्ताकाँट र आरोप प्रत्यारोप भएको छ ।

दुई अध्यक्षबिच संवादहिनता भएको र तलदेखी माथिसम्म भएको कित्ताकाट देख्दा आम रुपमा नेकपा विभाजनको सम्मुखमा पगेको व्याख्या गरिन थालेको छ । यो तिक्ततापर्ण सम्बन्ध र आचरणका निकास भनेकै पार्टी विभाजन हो भन्ने हिसाबले ब्याख्या र चर्चा परिचर्चा शुरु भएको छ । के केही मानछेले भनेजस्तो, अनुमान गरेजस्तो नेकपा विभाजनको संघारमा पुगेकै हो ? नेकपाको सत्ता संघर्ष कसरी अगाडि बढ्ला ? आज यहि पेरीफेरीमा रहेर केही चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

निश्चयपनि पछिल्ला घटनाक्रम हेर्दा नेकपा विभाजनको दिशामा अगाडि बढेको अनुमान धेरैको छ तर बजारमा अनुमान गरिएजस्तो सहजै दुईचिरा हुने अवस्थामा नेकपा छ जस्तो मलाई लाग्दैन । नेकपाको आगामी यात्रा बुझ्नको लागि दुई पार्टी एकता प्रक्रियाको विषयमा छलफल गर्नुपर्छ । कुनै छलफल विना, राजनितिक बहस तथा योजना बिना, दई अध्यक्षविचको गोप्य लेनदेनको सहमतिबाट पार्टी एकताको निष्कर्ष पुग्नू नै यो समस्याको मुख्य जड हो । निश्चित व्यक्तिगत स्वार्थपुर्तीका लागि भएको दुइजनाको सम्झौता स्वार्थपुर्तीको संभावना कमजोर भएपछि धर्मराउछ अनि स्वार्थ प्राप्तीको सहमतिभएपछि फेरि सम्बन्ध सध्रिएको जस्तो देखिन्छ ।

नेकपाको एकता राजनितिक बहस, छलफल विना, केपि शर्मा ओलीको स्थिर सरकारको नेतृत्व गर्ने लालसा र बन्दुक संघर्ष शुरु गरेको दई दशकमै शक्तिशाली कम्युनिष्ट पार्टीको प्रमख बन्ने प्रचण्डको चाहनामा बनेको समिकरण न त तत्काल फुटिहाल्ने स्थितिमा छ न त बलियो र स्थिर बन्नसक्ने अवस्थामा छ । फेरि दुईजनाको सम्झौतापछि यो विवाद केही दिनको लागि मत्थर हुनेछ ।

नेकपा कार्यकर्ता पंक्ति मात्र होइन, अधिकाँस जनता नेकपा एकता बलियो बनोस भन्ने चाहन्छन । स्थिर भनिएको सरकारको निरीह भूमिका महशुश गर्दागर्दै पनि झिनो आशा अझैपनि बाँकी छ । इच्छाशक्ती र स्थिर सरकर हुनेहो भने देशमा विकासको मुल फ्टछ भन्ने आम जनताको बुझाई अझै पनि कायम छ ।  ईच्छाशक्ती र स्थिर सरकार बन्ने हो भने देश परिवर्तन हुनेमा नेकपा कार्यकर्ता मात्र होईन आम जनता अझैपनि आशावादी छन् ।

हो सत्ता सन्चालकहरुमा सकारात्मक चेत हुने हो र इच्छाशक्ती हुने हो भने देश बन्न समय लाग्दैन । सिंगापुर, दुवई जस्ता देशले केही वर्षमै गरेको रुपान्तरण हेर्ने हो भनेपनि यो कुरा बुझ्न सकिन्छ तर नेपालको पछिल्ले घटनाक्रमहरु ह्ेर्ने हो भने राजनीति गर्नेहरु र सत्ताम पुग्नेहरुमा साँच्चै इच्छाशक्ती छ र र उनीहरुले साँँच्चै देश बनाउनको लागि राजनीति गरेका हुन भन्नेमा काफी शंका उत्पन्न भएको छ । कुसी र पैसाको लागि जुनसुकै तहमा गिर्न सक्नेहरुबाट देश रुपान्तरण हुने आशा राख्नु केवल मुर्खता मात्र हुनेछ ।

राजदुत, मन्त्री मात्र होइन शक्ती बाँडफाँडको वरीपरी मात्र नेकपाको अहिलेको राजनीति घुमिरहेको छ । सत्ता र शक्तिको दुरुपयोग गरी आफ्नो राजनीतिक भविश्य सुनिश्चितताके लागि भएके यो विवाद केही दिनमा नै एउटा संझौतमा टुंगिनेछ । दुईजना अध्यक्षहरुले लेनदेन मिलाउन गरिएको सम्झौताको स पनि नपढी पार्टी एकताको मर्मप्रति नेताहरु प्रतिवद्ध रहेको भन्दै कार्यकर्ता पंक्तीले सामाजिक संजालमा गित गाउन शुरु गर्नेछ । यत्ती बुझौं नेकपा विवादको समाधान र निष्कर्षहाललाई यभन्दा बढी विल्कुल होइन ।

यसअघि प्रचण्ड माधव समूह ओलीविरुद्ध उत्रदा पनि केप ओलीलेयही अस्त्र प्रयोग गरेका थिए । पार्टी फुट्नसक्ने अनुमान गरिएको त्यसवेलाको विवाद पनि मन्त्री मन्डल सवै पक्षके भागवन्डामा पुनर्गठन गर्ने र प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षको भूमिका दिनेगरी सम्झौता भएपछि ािम्य भएको विवाद फेरी बल्झिएको छ । कर्णली प्रदेशको काण्डदेखी राजदुत नियुक्ती र मन्त्रिमण्डल हेरफेर लगायतका विषयमा ओलीले मनपरी गरेको भन्दै विवाद सिर्जना भएको छ । सम्झौताबाट शुरु भएको विवाद सम्झौतामै मत्थर हुनेछ । तर त्यो सम्झौता स्थिर भने हुनेछैन । यसरी विवाद आउने सम्झौतामा टुंगिने क्रम निरन्तर चलिरहनेछ ।

यसर्थ पद, पैसा र कुसीमा हिसाव किताव नमिलेपछि हुने यी विवादहरु हेर्दा तत्काल पार्टी विभाजन भैहाल्ने संभावना देखिन्न बरु घुमाईपरिाई राज्यशक्तीको चरम दूरुपयोग गरिनेछ । पछिल्ला घटनाक्रमहरु ह्ेर्दा नेकपाको विवाद बढ्नुमा मुख्यत दुई कारण छन् ।

पहिलो : अध्यक्षहरुको प्रतिष्ठाको लडाई 

नेकपाका दुई अध्यक्षको विगतको भूमिकापनि यो विवादको चुरो कारण हो । दुवैजनाले एकअर्काको अस्तित्व नस्विकार्ने र अर्को पार्टीलाई कम्युनिष्ट नै नमान्ने परिस्थिती विगतमा थियो । आजसम्मको तिक्तता, मनको गाँठो पार्टी एकता हुँदैमा कसरी साम्य हुन्छ र ? यस्तो परिस्थितीमा बाहिर मेलमिलाप जस्तो देखाउने प्रयास गरिएपनि, अर्कोलाई खराव कित्तामा उभ्याउने प्रयास गरिएपनि दुवै नेतृत्व एक अर्कालाई खुइल्याउन निररन्तर सक्रिय छन् । यही कारणपनि दुइ अध्यक्षविच पटकपटक खटपटको अवस्था देखिइरहेको छ । अध्यक्षहरुको आपसी तित्तता नै फुटको आधार बन्ला भन्ने चै म देख्दिन ।

अर्कोतर्फ दुई तिहाइको सरकार भएको बेला आफ्ना नजिकका आसेपासेदेखी आफन्त सम्मलाई कहीँ न कहीँ ठेगान लगाउने दाउमा धेरै सक्रिय छन् । दुई अध्यक्षको विवाद पनि यसैको वरीपरी देखिन्छ । आफ्नाहरुको व्यवस्थापन गर्नका लागि पनि यो एकता तत्कालका लागि कायम रहन्छ ।

दोस्रो : दोस्रो तहका नेताहरुको भूमिका 

दुई शिर्ष नेतामा विवाद देखिनासाथ त्यसको गाम्भियर्ताको कुनै मतलव नगरी तत्काल कित्ता क्लियर गरिहाल्ने र ओठमा ओठ जोडेर अर्के पक्षलाई खुइल्याउन सक्रिय बनिहाल्ने दोस्रो तहका नेताहरुको भूमिकाले पनि दुई अध्यक्षमा अहमता सृजन ागर्न भूमिका खेलेको छ । शिर्ष नेताको नजिक हुन कुनैपनि हतकण्डा प्रयोग गर्ने दोस्रो हका नेताहरुको कारण पनि दुवै अध्यक्षलाई विवाद गर्न प्रोत्साहन मिलिरहेको छ ।

सही र गलत हेरेर होइन आफ्नो व्यक्तिगत घाटानाफा हेरेर कित्ता रोज्ने संस्कार दोस्रो तहमा मात्र होइन तलदेखी माथीसम्म हावी छ यो पनि पार्टी विवादको मुख्य कारण हो । जसका कारण मैले सही वा गलत के गरीरहेके छु भनेर आत्मसमिक्षा नगरी वरिपरीकाका सुभावमा अगाडी बढ्नु पार्टी नेतृत्वको कमजोरी हो । वरीपरी घुम्नेले कहिल्ले सही सुभाव दिदैनन, के भन्दा उ खुसी हुन्छ त्यही मात्रै वरीपरीकाहरुको सुझाव हुन्छ । किनकी आफु भन्दा माथिल्लो तहमा रहेको नेताको चाप्लुसी नगरेसम्म, उसको गित नगाएमा सत्ता र शक्तिको रस चाख्न पाइन्न भन्ने बुझेका उनीहरु त्यही लाइनमै सक्रिय छन् ।

निष्कर्ष :

अहिलेको विवाद भनेको विचार, सिद्धान्त वा कुनै वादको होइन । पावर, पद र शक्तीका लागि भएको विवाद केही दिनमा मिल्नेछ । सम्झौता अनुसार दिनेले दिनेछैन अनि पाउनेले पाउने छैन, अनि फेरी विवाद हुनेछ । निश्चित छ, पाउने र दिने अवस्था जव अन्त्य हुन्छ, यानकी जव सत्ताको खेलबाट बाहिरिन्छ अनि नेकपाका दुई अध्यक्षले आफ्नो छुट्टाछुट्टै यात्रा शुरु गर्नेछन् ।

२०७७ कार्तिक २१

केही सुझाव तथा प्रतिक्रियाको लागि ः ९८५१०६२४०५, इमेल [email protected]

Comments
Loading...