Ultimate magazine theme for WordPress.

श्रीजनशील युवा क्लव पाणिनीद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

305

माधव बेल्वासे / अर्घाखाँची

विभिन्न सामाजिक क्रियाकलाप गर्दै आइरहेको गणतान्त्रिक श्रीजनसिल युबा क्लब पाणिनी ७ अड्गुरी अर्घाखाँचीले माध्यमिक तहका बिद्यार्थीहरुलाइ लक्षित गरि मानसिक स्वास्थ्य र कोरोनाबाट उब्जाएको मनोत्रासबाट बच्ने उपायबारे प्रशिक्षण कार्यक्रम पाणिनी ७ झन्द्रेकमा रहेको जनसेवा माध्यमिक बिधालयमा सम्पन्न गरेको छ ।

क्लबका उपाध्यक्ष प्रकाश प्युठानिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिधालयका प्रधानाध्यापक प्रेमनारायण बेल्वासे प्रमुख अथिती रहनुभएको थियो ।

कार्यक्रममा क्लबका कोषाध्यक्ष हिम्मत कार्की सदस्य कमल घर्ती लगायतले सहजीकरण गर्नुभएको कार्यक्रममा प्रशिक्षण अनिल पौडेलले दिनुभएको थियो।

माध्यमिक तहका बिद्यार्थी तथा शिक्षकहरूको उपस्थिति रहेको कार्यक्रममा मानसिक रोग उत्पती हुने कारण र यसबाट बच्ने उपायका बारेमा पनि विद्यार्थीलाई सचेत हुन आग्रह गरिएको थियो । बड्दो आत्महत्या न्यूनीकरण गर्न मानसिक स्वास्थ राम्रो हुनु पर्नेमा प्रशिक्षकले जोड दिनुभएको थियो।

गरिबी, बेरोजगारी र अमानवीय ब्याबहार नै मानसिक समस्या र आत्महत्याको प्रमुख कारण भएकोले ब्यस्तता र मानवीयताको बिषयमा सचेत रहन आग्रह गर्दै मानसिक रुपमा बलियो बन्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेमनारायण बेल्वासेले क्लबको भूमिकाको कदर गर्नुभएको थियो ।क्लबका उपाध्यक्ष तथा कार्यक्रमका सभापति प्रकाश प्युठानिले तुरुन्तै गरिने निर्णयले कहिलेकाही ठूलो क्षति हुनेसक्ने प्रती सचेत रहन आग्रह गर्नुभएको थियो ।

Comments
Loading...