पहिलो अपडेट / कार्तिक २५, अर्घाखाँची
कोरोनाका कारण अर्घाखाँचीमा एक युवाको ज्यान गएको छ ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ११ डिभर्ना, जोगिमारे घर भई सन्धिखर्कमा व्यवसाय गर्दै आएका ३३ वर्षिय कृष्ण आचार्यको गएराती ज्यान गएको हो ।
कोरोना संक्रमण भई उपचारको क्रममा ज्यान गएका आचार्यले सन्धिखर्क शान्ती बँगैचा नजिकै दुग्ध व्यवसाय संचालन गर्दै आएका थिए ।