Ultimate magazine theme for WordPress.

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौ । : नगरप्रमुख अधिकारी

185

शितगंगा नगरपालिकाका नगर प्रमुख सूर्य प्रसाद अधिकारीले कृषिमा ढुक्क भएर लगानी गर्न नगरबासीलाई अनुरोध गर्नुभएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई सन्धिखर्क,अर्घाखाँचीद्धारा आज शितगंगामा भएको व्यवसायीक बाख्रा पालन व्यवस्थापन सम्बन्धी दुइ दिने तालिमको कार्यक्रमलाई उद्घाटन गर्दै नगरप्रमुखले सो कुरा बताउनु भएको हो ।

“शितगंगा नगरापालिका समृद्ध बनाउने प्रमुख आधार कृर्षी हो, तपाईँले गाउँ गाउँमा बाख्रा पाल्नुहोस खेतीपाती गर्नुहोस शितगंगा सरकार तपाईकै घरघरमा अनुदान र ग्राहक लिएर आउन्छ तपाईँले समय दिएर तन मनका साथ कृर्षीमा लगानी गर्नुहोस पैसा खोज्न तपाईहरु टाढा भौतारिन्न पर्दैन” भन्दै सबैलाई कृषीमा लगानी गर्न आग्रह गर्नु भएको थियो ।

कृषक भगवान हुन भगवानरुपी कृषकलाई हामी सबैले सम्मान गछौँ ः प्रमुख प्रशासकीय अधिकृत

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पशासकीय अधिकृत प्रेम बहादुर के.सीले कृषक सात्सत भगवान भएको बताउनु भएको छ । कृषकहरुले उत्पादन नगर्ने हो भने हामी कोही पनि यो संसारको कल्पना गर्न समेत सक्दैनौँ त्यसैले हामीले कृषकलाई भगवानको दर्जा दिने गरेका छौँ । अव तपाईहरु कृषीमा लाग्नुहोस हामीले तपाईँकोहरुको सम्मान गछौँ भन्दै सबै कृर्षकलाई निर्वाहमूमी नभइ उत्पादनमूखी कृषी कार्य गर्न आग्रह गर्नुभएको थियो ।

“व्यवस्थित आधुनिक बाख्रापालन व्यवसायीक विस्तार युवा स्वरोजगार र ग्रामीण गरिवी न्यूनिकरणको आधार” भन्ने मुल नारासंगै आजबाट नगरपालिकाको पशु शाखाको सभाहलम सन्चालन भएको छ । कार्यक्रम शितगंगा नगरपालिकाको पशु शाखा प्रमुख गणेश थापाको संचालन र पशु कार्यलय अर्घाखाँचीका प्रमुख चन्द्र प्रकास गुप्ताको स्वागत मन्त्यव्यबाट सुरु भएको हो ।

Comments
Loading...