Ultimate magazine theme for WordPress.

कोरोना जितेका खनालको सुझाव : कोरोनालाई कमजोर नठानौं

314

पहिलो अपडेट / कार्तिक २१, अर्घाखाँची

२१ दिन लामो आइसोलेसन पछि कोरोनालाई पराजित गर्न सफल युवा व्यवसायी कविराम खनालले कोरोनालाई कमजोर नसम्झन आग्रह गरेका छन् ।

समाजिक सजाल फेसवुकमा स्टाटस पोष्ट गर्दै खनालले शुरु शुरुमा आफुले पनि कोरोनालाई सामान्य रुघाखोकी जस्तै मानेको भएपनि लक्षण सहितको विरामी, लगातार १४ दिन सम्मको ज्वरो, पखाला, असैह्य शरिरको दुखाई, लगातारको पसिना आउने देखि टाउको फुट्ला गरिको दुखाईले निकै समस्या गराएको उल्लेख गरेका छन् ।

हेर्नुहोस् खनालको स्टाटस जस्ताको तस्तै :

२१ दिने कोरोना कहर
आदरर्णिय आफन्तजन, इष्टमित्र तथा गन्यमान्यजनहरु, विश्वभर आतंक मच्चाईरहेको कोभिड–१९को महामारीबाट हजारौं नेपाली दाजुभाई संक्रमित हुनुभएको छ । एक हजार हाराहारीको संख्यामा मृत्यू वरण समेत गरिसक्नुभएको छ । धेरै दाजुभाई तथा दिदिबहिनीहरु मृत्यू संग लडिरहनुभएको छ । यसै क्रममा म पनि कोभिड–१९को संक्रमणबाट २०७७ कार्तिक ३ गते देखि संक्रमित हुन पुगे । यो भन्दा अगाडी मलाई लाग्थ्यो कोभिड केही होईन, सामान्य रुघाखोकी सरह हो । यसवाट डराउनु पर्दैन सहजै जितिन्छ । तर जव म विरामी भए लक्षण सहितको विरामी, लगातार १४ दिन सम्मको ज्वरो, पखाला, असैह्य शरिरको दुखाई, लगातारको पसिना आउने देखि टाउको फुट्ला गरिको दुखाईले मलाई असौह्य पिडावोध गरायो । यो विचमा मेरो स्वास्थ्यलाभको कामना गरेर सयौं मित्रहरुले विभिन्न माध्ययमबाट स्वास्थ्यलाभको कामना गरिरहनुभएको थियो । तर मेरो अस्वस्थताका कारण मैले मेरो दुबै सम्पर्क नम्वरहरुमा सम्पर्क गरिरहन सकेको थिईन यसमा म क्षमा याचना गर्न चाहान्छु । यो विचमा आफ्ना अनुभवहरु शेयर गरेर मलाई हौसला प्रदान गर्नुहुने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल सर, जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख डा. कपिल गौतम, जिल्ला आयुर्वेद कार्यालयका कबिराज कमल आचार्य, प्रदेश सभासद माननीय चेतनारायण आचार्य, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल भुसाल, उप–प्रमुख ठाकुर कुमार वि.क किशोर, राजनैतिक दलका नेता साथीहरु, ब्यावसाहिक मित्र हरु, पत्रकार साथीहरु, सुरक्षाकर्मी , छिमेकी आमाबुवा दाजुभाई तथा दिदिबहिनीहरु सबै प्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्नु चाहान्छु । र कोभिडलाई सामान्य रुपमा नलिन र स्वास्थ्य सुरक्षाका मापडण्ड अनिवार्य अपनाई आफ्नो दैनिकी संचालन गर्नुहुन समेत सबैमा हार्दिक अनुरोध गर्न चहान्छु ।
Comments
Loading...