Ultimate magazine theme for WordPress.

शितगंगाको ढाडखोलामा साझा पार्टीको टोल समिति गठन

254

पहिलो अपडेट / कार्तिक २०, अर्घाखाँची

साझा पार्टीले अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ३ ढाडखोलामा टोल समिति गठन गरेको छ ।

वडा नं. ३ को वडा संयोजक ढुण्डीराज न्यापाने, संगठन विभाग प्रमुख बसन्त सिंह, सूचना संचार विभाग प्रमुख दिपक पौडेल, वडा नं. २ का सल्लाहकार सागर अधिकारीको उपस्थितीमा सम्पन्न भेलाले विष्णु प्रसाद पौडेलको संयोजकत्वमा १३ सदस्यीय टोल समिति गठन गरिएको छ ।

गठित समिकिो सचिवमा गंगा विक, सूचना तथा संचार सीता पौडेल र सल्लाहकार दधिराम पौडेल रहेको पार्टीले जानकारी दिएको छ ।

जसको सदस्यहरुमा दिपक बिक, गंगा विक, प्रेम पौडेल, संगम घिमिरे, पार्वता पौडेल, रमेश पौडेल, सीता पौडेल, अनिषा पौडेल र अन्जु पौडेल रहेका छन् ।

वडा नं. ३ कै खसर्कामा बिमला बेल्वासे संयोजक र कमल पौडेल सचिव रहेको टोल समिति यस अघि नै गठन भैसकेको वडा संयोजक ढुण्डीराज न्यापानेले जानकारी दिनुभयो ।

पार्टीले जिल्लाका विभिन्न स्थानहरुमा संगठन निर्माणमा आफ्नो ध्यान केन्द्रीत गरेको पार्टीका नेता हरिप्रसाद भुसालले जानकारी दिनुभयो ।

Comments
Loading...