Ultimate magazine theme for WordPress.

शितगंगा ३ अर्घाखाँचीमा साझा पार्टीको संगठन विस्तार

581

पहिलो अपडेट काार्तिक १३, अर्घाखाँची

साझा पार्टी अर्घाखाँचीले जिल्लामा संगठन निर्माणलाई तिव्रता दिएको छ ।

बैकशल्पिक शक्ति निर्माणमा जुटेको पार्टीले जिल्लाको शितगंगा नगरपालिका वडा नं. ३ मा वडा समितिको गठन गरेको छ ।

विभिन्न पार्टीहरु परित्याग गरी युवाहरुले साझाको सदस्यता लिएको उक्त कार्यक्रमबाट ढुण्डीराज न्यौपानेको संयोजकत्वमा ११ सदस्यीय वडा कार्य समितिको गठन गरिएको हो ।

जसको सहसंयोजक इन्द्रमणी आचार्य, संगठन बिभाग प्रमुख बसन्त सिंह, सूचना संचार तथा प्रबिधी बिभाग प्रमुख दिपक पौडेल, अभियान बिभाग प्रमुख बिक्रम बि.क., सदस्यहरु चिरन्जिवी पौडेल, दामोदर आचार्य, रामप्रसाद पौडेल, पुष्करनाथ पौडेल, पवित्रा न्यौपाने, बलराम नेपाली नेपाली रहेका छन् ।

त्यसै गरि हिजो नै सितगंगा नगरपालिका वडा नं २ को सम्पर्क ब्यक्तिमा सागर अधिकारीलाई चयन गरी जिम्मेवारी प्रदान गरिएको केन्द्रीय सदस्य मधुसुदन केसीले जानकारी दिएका छन् ।

कार्यक्रमहरुमा साझा पार्टीका प्रदेश तथा जिल्ला स्तरका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Comments
Loading...