Ultimate magazine theme for WordPress.

युवा नेता खनालमा कोरोना संक्रमण

348

पहिलो अपडेट / कार्तिक ९, अर्घाखाँची

राष्टिय जनमोर्चाका युवा नेता तथा अर्घाखाँची जिल्लाका निर्माण व्यवसायी कविराम खनालमा कोरोना पुष्टी भएको छ ।

जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. २ घर भई सन्धिखर्कमा व्यवसाय गर्दै आउनुभएका खनालमा यही कार्तिक ८ गते कोरोना पुष्टी भएको हो ।

लक्ष्मण मिल्नेगरी सामान्य स्वास्थ्य समस्या देखिएपछि नेशनल प्याथ ल्याव बुटवलमा गरिएको कोरोना परिक्षणमा पोजेटिभ नतिजा आएको खनालले सामाजिक सन्जाल फेसवुक मार्फत जानकारी दिनुभएको छ ।

गत स्थानीय निर्वाचनमा जिल्लाको भूमिकास्थान नगरपालिकाको नगर प्रमुखमा उपविजेता बनेका खनाल जिल्लाका चर्चित निर्माण व्यवसायी समेत रहेका छन् ।

Comments
Loading...