Ultimate magazine theme for WordPress.

प्रधानमन्त्रीको शुभकामना सन्देशमा नयाँ नक्सा गायव भएपछि……….

170

पहिलो अपडेट / कार्तिक ७, काठमाण्डौ

प्रधानमन्त्री केपी शर्मा वलीले विजयादशमीको अवसरमा जारी गरेको शुभकामना सन्देशमा नेपालको नयाँ नक्सा गायव भएपछि सामाजिक सन्जालमा प्रधानमन्त्रीको तिव्र आलोचना भएको छ ।

भारतीय गुप्तचर संस्था रअका प्रमुखसंग केही दिन अघिको भेटमा लिम्पियाधुरा र लिपुलेक बेचेको भन्दै सामाजिक सन्जाल तात्तिएको हो ।

यसै विषयमा विभिन्न कोणबाट चर्चा भएपछि हामीले फोटो जुम गरेर हेर्दा पनि नेपालको नयाँ नक्सा देख्न सकेनौं । यद्यपी प्रधानमन्त्री निकटस्थहरुले नयाँ नक्सा सहितको पोष्ट गरिरहेका छन् ।

प्रधानमन्त्रीको सन्देशमा नयाँ नक्सा नदेखिनु र निकटस्थ भनिएकाहरुको पोष्टमा नयाँ नक्सा देखिनुलाई सामाजिक संजालले फोटोसपको अनाधिकृत प्रयोगको सज्ञा दिएको छ ।

असावधानीवस वा नियतबस जसरी कमजोरी भएको भएपनि राष्टियताको सवालमा यसरी कमजोर र हल्का रुपमा प्रस्तुत हुनु प्रधानमन्त्री स्वयंका लागि पनि प्रत्युत्पादक हुनसक्छ ।

Comments
Loading...