Ultimate magazine theme for WordPress.

भूमिकास्थानमा कोरोनाबाट थप एकजनाको ज्यान गयो, अर्घाखाँचीमा मृतकको संख्या ६ पुग्यो ।

926

पहिलो अपडेट / असोज २९, अर्घाखाँची

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ९ मा कोरोनाबाट थप एकजनाको ज्यान गएको छ ।

वडा नं. ९ सुवर्णखाल निवासी ७३ वर्षिय नेत्र बहादुर सोमरेको आज बुटवलबाट थप उपचारको लागि दाङ लैजादैगर्दा बाटोमै ज्यान गएको हो ।

खुट्टामा समस्या भई उपचारको लागि बुटवल गएका सोमरेको स्वाव परिक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अवस्था जटिल बन्दै गएको थियो ।

यो सहित कोरोनाका कारण अर्घाखाँचीमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ५ जनाको यस अघि नै कोरोनाका कारण ज्यान गइसकेको छ ।

 

Comments
Loading...