Ultimate magazine theme for WordPress.

अर्घाखाँचीका केपी भुसाल अन्तराष्ट्रिय अवार्डबाट विभुषित

1,281

पहिलो अपडेट / असोज २८, काठमाण्डौ

‘The Excelligent’ नामक विश्व प्रसिद्द शैक्षिक म्यागाजिन (Education Magazine) ले अर्घाखाँचीका युवा केपि भुसाल (KP Bhusal) लाइ (Edupreneur of the Year 2020) को रूपमा विभुसित गरेको छ ।

विभिन्न शैक्षिक र ज्ञानमुलक कार्यक्रमहरू मार्फत विद्यार्थिहरूलाइ अगाढि बढन हौसला र उत्प्रेरणा प्रदान गरेको भन्दै उनि सहित विभिन्न मुलुकका ९ जना शिक्षा क्षेत्रका उद्यमीहरूलाइ पत्रिकाले सो सुचीमा समावेश गरेको हो ।

अर्घाखाँचीको भुमिकास्थान ३, धारापानीमा जन्मिएका भुसालले (आइडिया एजुकेसन)नामक सँस्था मार्फत विगत केहि बर्ष देखि काठमान्डौ लगायत नेपालका विभिन्न भुभागमा पुगेर नेतृत्व विकास, व्यक्तित्व विकास र उद्यमशिलता अभिवृद्दीका लागि विभिन्न उत्प्रेरणा जगाउने कार्यक्रमहरू गर्दै आयका थिए ।

विभिन्न सामाजिक कार्यमा अग्रसर रहेका भुसालले आगामी दिनमा आफ्नो क्षमता अनुसार समाजको लागि अझै बढी योगदान दिने बताएका छन ।

ख्याति प्राप्त अन्तर्राष्ट्रिय पत्रिकाले उक्त पदवीले बिभुषित गरेपछि थप जिम्मेवारी बोध भएको भुसालले बताए ।

Comments
Loading...