Ultimate magazine theme for WordPress.

उत्पादनका आधारमा अनुदान दिनुपर्छ :- नगरप्रमुख भुसाल

190

राधा नेपाली – अर्घाखाँची

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कपिलवस्तुले आर्थिक बर्ष ०७७/०७८ को कार्यक्रम सार्वजनिक गरेको छ ।

सार्वजनिक कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगर प्रमुख कमलप्रसाद भुसालले पशुपालनका क्षेत्रमा उल्लेखनीय कार्य भएको बताउनु भएको छ । उहाले नगरपालिकाले पनि कृषि र पशु पालनलाई प्राथमिकतामा राखेको जनाउदै कृषि बिना समृध्द नेपालको कल्पना सम्म गर्न नसकिने दाबी गर्नु भएको हो ।

उहाले अर्घाखाँची जिल्ला दूध , फुल र मासुमा आत्मनिर्भर रहेको दाबी गर्दै कृषकलाइ उत्पादनका आधारमा अनुदान दिनु पर्ने बताउनु भएको छ । कृषकले कम लागतमा उत्पादन गर्न सकेमा उपभोक्तालाई सरल , सहज र कम मुल्यमा स्थानीय उत्पादन उपलब्ध गराउन सकिने भुसालको धारणा रहेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख पिताम्बर शर्माले द्रुत गतिमा कार्यक्रम अगाडि बढाउनु पर्ने बताउदै प्रभावकारी नतिजा आजको आबस्यकतामा जोड दिनु भएको छ ।

कार्यक्रमको सार्बजनिक गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कपिलवस्तुका प्रमुख दिपक भुसालले कार्यक्रमको प्रभाबकारी नतिजा निकाल्न सबै पक्ष जिम्मेवार रहेको बताउनु भएको छ । उहाले यस आर्थिक बर्षको कार्यक्रम गरिखाने कृषकको निम्ति आयको दाबी गर्दै कार्यक्रमले प्रभावकारी नतिजा ल्याउने आसा ब्यक्त गर्नु भयको हो ।

जिल्ला स्थित मासु व्यावसायिक संघ , डेरि व्यावसायिक संघ ,उत्पादक कृषकहरु , उद्योग बाणिज्य संघ , लगायत उपस्थित रहेको कार्यक्रममा प्रमुख अतिथि पिताम्बर शर्मा र विशेष अतिथि सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल रहनु भएको थियो ।

कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कपिलवस्तुका प्रमुख दिपक भुसालको अध्यक्षता पशु चिकित्सक बिष्णु पौडेलको स्वागत मन्तव्य र सम्पर्क केन्द्र प्रमुख योगेन्द्र प्रसाद मरासिनीको संचालनमा सम्पन्न भएको छ ।

Comments
Loading...