Ultimate magazine theme for WordPress.

पशु स्वास्थ्य प्राबिधिक बिच अंतरर्कृया कार्यक्रम सम्पन्न ।

245

राधा नेपाली / असोज १९, पहिलो अपडेट

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कपिलवस्तुले अर्घाखाँचीका स्थानीय पशुस्वास्थ्य प्राबिधिकहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र कपिलवस्तुका प्रमुख दिपक भुसालले बिज्ञ केन्द्र र स्थानीय तहका पशु-स्वास्थ्य प्राबिधिकको समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनु भयको छ ।

उहाले पशु बिकास तर्फका कार्यक्रमलाई प्रभावकारी र दिगो रुपमा अगाडि बढाउन वास्तविक कृषकलाइ अनुदान र उत्पादनका आधारमा अनुदान भन्ने भनाइलाई व्यबहारत कार्यन्वयन गर्न लाग्नु पर्ने जनाउनु भएको छ ।

यसैक्रममा उहाले जिल्लाकै पशुहरुको तथ्यांक अध्याबधिक अनिवार्य गर्नु पर्ने बताउदै तथ्यका आधारमा कार्यक्रम अगादी बढाउनु पर्नेमा समेत जोड दिनु भएको हो ।

कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, कपिलवस्तु प्रमुख दिपक भुसालको अध्यक्षता पशु चिकित्सक बिष्णु पौडेलको स्वागत मन्तव्य र अर्घाखाँची सम्पर्क केन्द्र प्रमुख योगेन्द्र मरासिनीको सन्चालनमा सम्पन्न भएको हो ।।

Comments
Loading...