पहिलो अपडेट / असोज १९, अर्घाखाँची
सन्धिखर्कमा रहेको गौरिशंकर इङलिस वोर्डिङ्ग स्कूलले कोभिडको जोखिम झन बढेको भन्दै कक्षा संचालन नहुने बताएको छ ।
यही असोज १८ गतेबाट विद्यालय कक्षा शुरु गरेको स्कूलले जिल्लामा कोेभिडको जोखिम झन बढेको भन्दै पुरानै विधि अनुसार अनलाई कक्षा संचालन हुने जानकारी गराएको हो ।
विद्यालयका प्रिन्सिपल गणेश क्षेत्रीले आज एक सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड पुरा गरी घरबाटै अनलाईन कक्षलाई निरन्तरता दिन विद्यार्थीहरुलाई अनुरोध गरेका छन् ।
हेर्नुहोस् सूचना :