Ultimate magazine theme for WordPress.

अर्घाखाँचीमा रास्ट्रिय सभा सदस्य सहित १३ जनमा कोरोना संक्रमण पुष्टि

568

अशोक खनाल / असोज १९, अर्घाखाँची

अर्घाखाँचीमा रास्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का सहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।उहाँ सहित जिल्लामा प्रहरी नायब उपरीक्षक माधब प्रसाद बुढाथोकी उहाँका चालक शुरक्षा कर्मी , जिल्ला स्थित रामबाण दल गुल्म का गुल्मपती अशोक कुमार थापा क्षेत्री , रेड्क्रस शाखाका जिल्ला सभापती कुशल भुसाल ,अर्घाखाँची अस्पताल का डा. जगदीश शर्मा सन्धीखर्क नगरपालिका कि कर्मचारी भावना खनाल लगाएत रहेका छन ।

यहि आस्बिन ६ गते देखि परेको अबिरल बर्षा को कारण जिल्लाको विभिन्न ठाउँमा भएको बिपद ब्याबस्थापन राहत उद्वार र पुनर्स्थापना मा सग सगै खटिएकै बेला यश अघि जिल्ला का प्रमुख जिल्ला अधिकारी लगायत ७ जनामा संक्रमण पुष्टि भै सकेको थियोे त्यस्को २ दिन पछाडि पठाइएको स्वाब परिक्षण मा पुन १३ जना मा संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा ले जनाएको अर्घाखाँची अस्पताल का प्रमुख डा. कपिल गौतम ले बताएका छन।

Comments
Loading...