Ultimate magazine theme for WordPress.

गलत समाचार संप्रेषण भएकोमा साझा पार्टीको आपत्ती

68

पहिलो अपडेट / असोज ११, काठमाण्डौ

साझा पार्टीले निर्वाचन आयोगमा खर्च विवरण नबुझाएको भनि समाचार प्रकाशित भएको भन्दै समाचारको खण्डन गरेको छ ।

पार्टीका सह प्रवक्ता सरदराज पाठकले आज एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै केही दिनअघि “७८ दलले बुझाएनन् खर्च विवरण, साझा पनि चुक्यो” शिर्षकमा आएको समाचारको खण्डन गरेको हो ।

आफुहरुले निर्धारित समयमै खर्च विवरण बुझाएको भएपनि निर्वाचन आयोगको प्राविधिक त्रुटीका कारण खर्च विवरण नबुझाएकाहरुको सुचीमा आफुहरुको नाम सूचिकृत भएको भन्दै साझाले आयोगले सो कमजोरी सच्याइसकेको समेत स्पष्ट पारेको छ ।

हेर्नुहोस् विज्ञप्तीको पूर्ण पाठ :

स्पष्टीकरण: साझाले ०७५/७६ को खर्च विवरण निर्वाचन आयोगमा समयमै बुझाएको छ।

आज केही समयअघि अनलाईनखबर डट कममा प्रकाशित “७८ दलले बुझाएनन् खर्च विवरण, साझा पनि चुक्यो” शीर्षकको समाचारप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

साझा पार्टीले उक्त आर्थिक बर्ष ०७५/७६ को लेखा परिक्षण विवरण निर्धारित समयसिमाभित्रै आयाेगमा बुझाएर आफ्नो वेबसाइटमा पनि सो विवरण राखेको छ।

सो विवरण नबुझाएको भए राजनीतिक दल सम्बन्धि एेनकाे प्रावधान अनुसार साझा पार्टीले गत बर्ष मंसिरमा सम्पन्न उप-निर्वाचनमा भाग नै लिन पाउने थिएन। साझा पार्टीले उप-निर्वाचनमा भाग लिएकाे तथ्य विदित नै छ।

कसरी यस्तो समाचार प्रेषित भयो भनि हामीले निर्वाचन आयोगमा सम्पर्क गर्दा, आयाेगका सम्बन्धित अधिकारीले ‘सानो प्रशासनिक त्रुटी भएको’ स्वीकार गर्दै हाल साझा पार्टीकाे नाम आयाेगले साे विवरण समयमै बुझाउने दलकाे सूचीमा सूचीकृत गरिसकिएकाे स्पष्ट गर्नुभएकाे छ।

तसर्थ, गलत सन्देश दिने सो समाचारको शीर्षक र समाचार सच्याइदिन या यो स्पष्टीकरणलाई उक्त समाचार जत्तिकै महत्वका साथ प्रकाशन गरिदिन हामी अनुरोध गर्दछौँ।

कहिलेकाहिँ यस्ता गल्ती हुन्छन्। तर तिनले सम्वन्धित व्यक्ति वा संस्थाको छविमा आँच पुऱ्याउन सक्ने हुनाले सबै पक्षलाई यस्ता विषयमा संवेदनशील भइदिन हामी हार्दिक आग्रह गर्दछौँ।

शरदराज पाठक
सहप्रवक्ता, साझा पार्टी
मिति: ११ असोज २०७७

Comments
Loading...