Ultimate magazine theme for WordPress.

साझा युवा संगठन प्रदेश नम्बर ५ समिति घोषणा, संयोजकमा अर्घाखाँचीका शिब राज बेल्बासे

422

साझा युवा संगठनले अर्घाखाँची जन्मघर भई रुपन्देही बस्दै अाएका शिब राज बेल्बासेको संयोजकत्वमा प्रदेश नम्बर ५ अन्तर्गत ४९ सदस्यीय प्रदेश समिति घोषणा गरेको छ।

शनिबार भर्चुअल कन्फ्रेन्स मार्फत घोषणा गरिएको प्रदेश समिति सदस्यहरुमा दाङका शिशिर राउत, लक्ष्मण चौधरी, सुधिर ओली, दिपेन्द्र ओली, प्रशान्त ओली, डी.एस खड्का, दाङकी तुलसी चौधरी, कपिलवस्तुका अरुन बहादुर कार्की, दिपक बेल्बासे, घनश्याम घिमिरे, रुपन्देहीका रविन जोशी, सागर भुषाल, सागर पाण्डे, हिमाल छेत्री, अनन्त अग्रहरी, मणि भुषाल, बाबुराम छेत्री, शिशिर पाण्डे, रुपन्देहीकी रीतु ज्ञवाली, पुजा पाण्डे, डिल कुमारी थारु, शोभा ज्ञवाली, निशा ज्ञवाली, पार्वता भुषाल, गुल्मीकी कल्पना भण्डारी, सरिता अर्याल, गुल्मीका गोकर्ण नेपाली, युवराज लम्साल, सन्दिप पन्थी, सन्दिप बि.के. सुनार, अर्घाखाँचीका अशोक आचार्य, उज्वल बन्जाडे, दिनेश पाण्डे, चन्द्र रेस्मी, अर्घाखाँचीकी रिता भुषाल, आशिका अधिकारी, बाँकेका अंकित श्रीवास्तव, बसन्त पराजुली, परासीका सवीर अलाम अन्सारी, आदित्य यादव, मनोज शर्मा, प्युठानका बिपिन गिरी, धुर्व थापा, रोल्पाका सुनिल पोख्रेल, झक्कु प्रसाद डाँगी, पूर्वी रुकुमका तुल्सी राम ओली, बर्दियाका तिर्थ राज जैसी, उमेश राज थापा र पाल्पाका बाबुराम कोइराला रहेका छन्।

घाेषणा कार्यक्रममा साझा पार्टीका संयाेजक रविन्द्र मिश्रले देश रुपान्तरणमा युवाहरुकाे भूमिका अर्थपुर्ण हुने भन्दै सधै सहयाेथी नभई राज्य संचालनमा युवाहरुकाे हस्तक्षेपकारी भूमिका रहनुपर्ने बताएका थिए ।

साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै संगठनलाई प्रदेशका हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् आउने निर्वाचनमा वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको साझा युवा संगठनका केन्द्रीय संयाेजक अव्दुस मियाले जानकारी दिएका छन् ।

सबै जिल्लाका युवा प्रतिनिधिहरु समेटेर बनेको प्रदेश समितिले वैकल्पिक राजनीति र नयाँ युवा अभियानलाई सशक्त बनाउने आत्मविश्वासलाई अझै दृढ बनाएको मियाले जानकारी दिएका छन् ।

Comments
Loading...